स्पेनमा नयाँ बर्ष २०७१ को शुभकामना कार्यक्रम कार्यबिभाजन सम्पन्न
News Updated By- Sudan KC    |   Posted From- Washington DC     |     April 01, 2014  
नेपाली नयाँ बर्ष २०७१ सालको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने भएको छ।

बेदराम कंडेल, बार्सिलोना - हरेक बर्ष झैँ यस बर्ष पनि नेपाली जनसम्पर्क समिति स्पेनले १४ अप्रिल २०१४ का स्पेनको बार्सिलोना शहरमा नेपाली नयाँ बर्ष २०७१ सालको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नका लागी कार्यक्रम संयोजक बरिस्ठ उपाध्यक्ष शालिक राम डुम्रे, सह-संयोजक -सन्तोष श्रेष्ठ र सदस्यहरु चिन्तामणि सापकोटा, बेदराम कंडेल, इन्द्र शर्मा, रामु चालिसे, बिष्णु रिजाल, बसन्त नाथ रेग्मी, तुलसी सिवाकोटी, बाल कृष्ण पौडेल, सुनिता सुबेदी ,चन्दा ढकाल रहनु भएको छ।

स्पेनमा रहेका नेपाली संघ सस्थाहरुकै अभिभाबक नेपाली जनसम्पर्क समिति स्पेनले हरेक साल नेपाली नया बर्ष तथा नेपाली चाडपर्ब हरुमा नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुलाई एक आपसमा मेल मिलाप सद भाब तथा शुभ कामना आदान प्रदान कार्यक्रमहरु गर्दै आई रहेको छ। स्पेनमा बस्दै गर्दा आपत बिपतमा परेका नेपालीहरुलाई कानुनि परामर्श तथा अन्य सहयोग गर्दै अभिभाबकीय भुमिका निर्वाह गर्दै आईरहेको छ।

नयाँ बर्ष २०७१को पुनित अबसरमा समितिले नेपाली तथा अंग्रेजी चाडपर्वहरु सहितको क्यालेन्डर नि शुल्क बितरण गर्ने भएको छ। कार्यक्रमलाई भब्य रुपमा ब्यबस्थापन  गराउनका लागी कार्यक्रम तयारी समिति लाइ बिभिन्न कामको बाडफाड गरिएको छ। जसनुसार क्यालेन्डर तयारीका लागि-सन्तोष श्रेष्ठ, हल ब्यबस्थापन –चिन्तामणि सापकोटा, आर्थिक ब्यबस्थापन-शालिक राम डुम्रे, कलाकार ब्यबस्थापन-बेदराम कंडेल, खानपिन ब्यबस्थापन-रामु चालिसे, मंच ब्यबस्थापन-बिष्णु रिजाल,स्वयमशेबक ब्यबस्थापन-बसन्त नाथ रेग्मी, पिय पदार्थ ब्यबस्थापन-तुलसी सिवाकोटी लाई कामको बाडफाड जिम्मा दिने निर्णय गरियो। कार्यक्रम ब्यबस्थापनको  तयारि अन्तिम अबस्थामा पुगिसकेको जनाकारी कार्यक्रम संयोजक शालिक राम डुम्रे ले जानाकरी गराउदै सपूर्ण स्पेन बासी नेपालि दाजु भाई तथा दिदि बहिनीहरुलाई कार्यक्रममा उपस्थित भई  सास्कृतिक मनोरन्जन लिई दिनु हुन खुल्ला निमन्त्रणा यसै खबर मार्फत जानाकारी गराउनु भएको छ भने कार्यक्रम निम्न मिति र स्थानमा हुने छ।

मिति-१४ अप्रिल २०१४
समय-१६.०० बजे (४ बजे)-२२.०० बजे (१० बजे) सम्म
स्थान- CALLE VILADOMAT 2-8 ,08015 BARCELONA
Metro-L2/L3-para-lel
Metro-L3-Poble Sec
 
नोट-प्रवेश-नि.शुल्क

 
Comments
 

More Daily Video News

Evening News, July 31, 2014

राजनीनिक दलहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ।(Evening News, July 31, 2014, Source: News24 TV)

 Daily Video News

Afternoon News, July 31, 2014

Morning News, July 31, 2014

Evening News, July 30

Afternoon News, July 30, 2014

Morning News, July 30, 2014

Evening News, July 29